FAQs Complain Problems

संक्षिप्त परिचय

१. नगर चिनारीः

शिवराज नगरपालिका वि.सं. २०७१ मा साविक शिवपुर, वीरपुर, चनई, विसुनपुर र जवाभारी गा.वि.स.लाई समावेश गरी स्थापना गरिएको हो । स्थानीय तह पुर्नसंरचनाका क्रममा नेपाल सरकारको मिति २०७३ साल फागुन २७ गतेको निर्णय अनुसार साविकका शिवगढी, थुन्हिया र लालपुर गा.वि.स. समेतलाई मिलाएर यस नगरपालिकाको पुर्नगठन गरिएको हो ।

२. भौगोलिक अवस्थितिः

शिवराज नगरपालिका भौगोगिक अवस्थितिगत रूपमा २७ डिग्री ३४ मिनेट ६ सेकेण्डदेखि २७ डिग्री ४७ मिनेट ४४ सेकेण्ड उत्तरी अक्षांश र ८२ डिग्री ४३ मिनेट ५२ सेकेण्ड देखि ८२ डिग्री ५६ मिनेट ७ सेकेण्ड पूर्वी देशान्तरमा फैलिएको छ । समुन्द्र सतहको ७०० फिट देखि १००० फिट सम्मको उचाईमा रहेको यस नगरपालिकाको कुल क्षेत्रफल २८४.०८ वर्ग कि.मि. रहेको छ । पूर्वमा बुद्धभूमि नगरपालिका, पश्चिममा विजयनगर गाउँपालिका, उत्तरमा अर्घाखाँची र दाङ्ग जिल्ला र दक्षिणमा कृष्णनगर र महाराजगञ्ज नगरपालिका रहेको छ । यस नगरपालिकामा हाल ११ वटा वडा कायम रहेका छन् । पूर्व पश्चिम लोकमार्गको दायाँ बायाँ रहेको यस नगरपालिका जिल्ला सदरमुकाम तौलिहवा देखि करिव ५० कि.मि. सडक दुरीमा अवस्थित रहेको छ ।

३. ऐतिहासिक चिनारी तथा नामाकरणः

शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको निकट पश्चिममा अवस्थित ऐतिहासिक स्युराज क्षेत्र तथा प्रसिद्ध धार्मिक स्थल शिवगढीका नामबाट नामाकरण गरिएको शिवराज नगरपालिका नेपाल सरकारको मिति २०७१ मा साविक शिवपुर, वीरपुर, चनई, विसुनपुर र जवाभारी गाविसलाई समावेश गरी स्थापना गरिएको हो । नेपाल सरकारको मिति २०७३ साल फागुन २७ गतेको निर्णय अनुसार साविकका शिवगढी, थुन्हिया र लालपुर गा.वि.स. समेतलाई मिलाएर शिवराज नगरपालिकाको पुर्नसंरचना गरिएको हो ।

४. राजनीतिक अवस्थितिः

यस नगरपालिका लुम्बिनी प्रदेश अन्तरगत कपिलवस्तु जिल्लामा रहेका कूल ६ नगरपालिका र ४ गाउँपालिका मध्ये एक हो । प्रतिनिधी सभा निर्वाचनका लागि तोकिएका जिल्लाका कूल ३ निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं. ३ मा पर्दछ । नगरपालिकाको केन्द्र चन्द्रौटा बजारमा रहेको छ । नगरपालिकामा ११ वटा वडा कायम रहेका छन् ।

आकस्मिक सेवा

नाम थर पद सम्पर्क नं‍.
 राजेन्द्र प्रसाद चौधरी  दमकल चालक  9857014361
 मोहम्मद हुसेन  एम्बुलेन्स चालक  9857014360
 धनविर चौधरी  एम्बुलेन्स चालक  9857014359
 बल बहादुर कुँवर  एम्बुलेन्स चालक  9857049025
 योगराज आचार्य  एम्बुलेन्स चालक  9745415425